४ कार्तिक २०८३, बुधबार

मोबाइल रिचार्ज गर्दा अब उपभोक्ताले पूरा पैसा नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Telicomकाठमाडौं, ३० असार । अब मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने भएको छ ।

त्यो एक रुपैयाँ भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्ने व्यवस्था बजेटले गरेको छ ।

सम्पदा पुनर्निर्माणको लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दुरसंचार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिफोन कल महंगो हुने भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले यसबाट संकलन हुने रकम सीधै सम्पदा कोषमा जम्मा हुने जानकारी दिए ।

ल्याण्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ ।

अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट बार्षिक ६० करोड रुपैयाँ कोषमा जम्मा हुने अनुमान छ ।