२७ असार २०८३, शनिबार

नेपालसहित चार देशमा एमसीसी नरोकिने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । नेपालसहित चार देशका एमसीसी परियोजना नरोकिने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो ।

नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा एमसीसीले निरन्तरता पाउने भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले एमसीसी स्थगित गर्ने निर्णय गरेका थिए ।