– सुशिल नेपाल
पाल्पा ३० असार । हातैभरि हरिया चुरा । तिनै हरिया चुराले भरिएको हातमा कतै खाली नहुने गरि लगाइएको मेहन्दी । नयाँ जोश अनी जाँगर । हरियो चुरा र मेहन्दी संगिलाई यतिबेला सिंगारको चटारो छ । अब साउन आउन एन दिन मात्र बाँकि रहँदा बजारका ब्यटिपार्लर तथा चुरा पसलहरु महिला र युवतीमय बनेका छन् ।
‘साउँन आउन एक साता अघिबाटै हरियो चुरा मेहन्दीको व्यापार सुरु हुन्छ’ तानसेनको सित्तलपाटिमा रहेको रुक्सना श्रृङगार पसलकी सञ्चालिका जरिना बानुले भनिन,–‘यतिबेला चुरा र मेहन्दीको व्यापार एकदमै बढी छ ।’ उनले केहि दिनदेखि दैनिक ५÷६ हजार रुपैँयाको हरियो चुरा मात्र बिक्री भएको बताइन । केहि दिनदेखि पसलमा महिलाहरुको भीडभाड बढेको उनले बताइन । उनका अनुसार यो भीड अब साउन २० सम्म नै हुन्छ । उनीजस्तै सित्तलपाटिमै रहेको जाहिरा कस्मेटिककी जाहिरा वानु पनि चुरा र मेहन्दीको व्यापारमै व्यस्त हुने गरेकी छिन् । केहि दिनदेखि भीडभाड बढेको उनले बताइन् ।
हरेक नेपाली नारीको यतिबेला मनमा नयाँ उत्साह छाउँदै छ । अधिकांश महिलाहरु साउन महिनाभर यी कुराहरुमा एकदमै नजिक रहेका हुन्छन । अधिकांश महिलाहरु साउनभर यी फेशनबाट टाढा रहने कल्पना पनि गर्न सक्दैनन । अझ भनौँ महिलाहरुलाई प्रफुल्ल बनाउने महिना हो साउन ।
साउन महिना महिलाहरु भगवानमा आस्था राख्ने महिना पनि हो । यो महिनामा महिलाहरु भगवान शिवको पुजा आरधना र प्रार्थना गर्ने गर्दछन ।
भगवान शिवलाई साउन महिना र हरियो रङ मन पर्ने भएकाले साउन महिनाभर हरियो चुरा लगायत हरियो पहिरन लगाएर शिवको पुजाआरधना गरिने जानकार महिलाहरु बताउँछन ।
श्रृङगार नै नगरी कसरी भगवानको ब्रत बस्ने त्यो पनि हुनेवाला श्रीमानका लागि ? सोमबार चुरा र मेहन्दी किन्दै गर्दा भेटिएकी तानसेन नगरापालिका बारुदखानकी सम्झना पंगेनी भन्छिन । साउनको पहिलो दिन नै हरिया चुरा र मेहन्दीले हात रंगाउँने सोचाईका साथ केहि दिन अघि नै श्रृङगारका सामाग्री जोडजाड गर्न आएको उनले सुनाइन् ।
विवाहित महिलाहरु श्रीमानको दिर्घायुको कामना गरी साउन महिनाको प्रत्येक सोमवार ब्रत बस्ने गर्दछन भने अविवाहितहरु असल श्रीमानको कामना सहित ब्रत बस्ने अनुभवी महिलाहरु बताउँछन् । पछिल्लो समय साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने फेसन जस्तै भइसकेको छ ।
















प्रतिक्रिया