२१ कार्तिक २०८३, शनिबार

जम्मू–कश्मीर हमलामा एक नेपालीसहित २७ जनाको मृत्यु

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । जम्मू–कश्मीरको पहलगाममा आतंककारीहरूले पर्यटकहरूमाथि आक्रमण गर्दा एक नेपालीसहित २७ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भएको हो । मृत्यु हुनेमा नेपालका एक पर्यटक र युएईका एक पर्यटक र दुई जना स्थानीय नागरिक रहेका छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार लश्कर समर्थित आतंकवादी संगठन टीआरएफले यस आक्रमणको जिम्मेवारी लिएको छ ।