३० आश्विन २०८३, शुक्रबार

खेलकुदमा दुई अर्ब सात करोड बजेट, प्राथमिकतामा क्रिकेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bdjकाठमाडौँ, २९ असार । सरकारले आगामी आर्थिक वर्षमा साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ भने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट)मा देशको विभिन्न स्थानमा क्रिकेट मैदान निर्माणका लागि रु २१ करोड छुट्याएको छ ।

यस्तै काठमाडौँस्थित मूलपानीमा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पनि सरकारले रु ११ करोड विनियोजन गरेको छ ।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षणलाई कायम राख्नका लागि काठमाडौँ बाहिरका मुख्य सहरमा क्रिकेट मैदानको निर्माण गरिने, धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण कार्यको थालनी गरिने अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानको पुनःनिर्माणका लागि रु १३ करोड विनियोजन गरिएको छ । उक्त रङ्गशालाको विकल्पमा ललितपुरस्थित च्यासल फुटबल मैदान निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएको छ ।

आगामी वर्षमा हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानको स्तरोन्नति गरिने, खेलाडीको बिमाको व्यवस्था गरिने, स्तरीय खेल प्रशिक्षण हल अभ्यासका लागि मुख्य सहरमा कभर्डहलको निमार्ण कार्यलाई निरन्तरता दिने, खेलकदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यलाई निरन्तरता दिने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

विद्यालयस्तरदेखि नै खेलकुदको विकासका लागि चार हजार सामुदायिक विद्यालयका लागि रु १० हजारको दरले खेल सामग्री उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि आगामी आवमा कुल दुई अर्ब सात करोड रकम विनियोजन गरेको छ ।