२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीसँगको छलफलपछि शिक्षक महासंघले बोलायो बैठक

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । आन्दोलनरत नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएपछि महासंघले आजको लागि बैठक बोलाएको हो । बैठक दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।