३० आश्विन २०८३, शुक्रबार

बजेट अपडेटः सभाषद्लाई डेढ करोड, गाविसमा १० लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bdj

काठमाडौं, २९ असार । यस वर्षदेखि गाविसले पाउँदै आएको बजेटमा पाँच लाख बढाइएको छ । अर्थमन्त्री रामशरण महतले प्रस्तुत गर्दै गरेको बजेटबाट उक्त घोषणा गरिएको हो ।

त्यसै गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम १ करोडबाट डेढ करोड पुर्‍याइएको छ ।
बैंकिङ क्षेत्रबाट ऋण लिएर शीतघर सञ्चालन गर्न चोहमा सरकारले शतप्रतिशत व्याज अनुदान दिने भएको छ । त्यस्तै कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिने बजेटमा उल्लेख छ । कृषि अनुसन्धानका लागि २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ४ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी दुई वर्षभित्र मेलम्ची आयोजना सम्पन्न गरिसक्ने मन्त्री महतले घोषणा गरेका छन् । यसअघि ०७३ बैशाख १ गते काठमाडौंमा पानी झार्ने बताइएको थियो ।

उपत्यकामा प्रति २५ हजार जनसंख्याका लागि एक खुला ठाउँ बनाइने महतले बताएका छन् । संघीय स्वरुपमा गएपछि काठमाडौंलाई राष्ट्रिय राजधानीको रुपमा अगाडि बढाइने पनि बजेटमा उल्लेख छ ।

सूर्यबिनायक धुलिखेलको बाटोलाई ६ लेनको बनाउन १ अर्ब बजेट विनियोजन गरिएको छ । त्यस्तै मुलपानीको क्रिकेट मैदान निर्माणका लागि ११ करोड, दशरथ रंगशाला पुनर्निर्माणका लागि १३ करोड विनियोजन गरिएको छ ।

बाग्मती नदी सफाइ अभियानलाई संस्थागत गर्ने र अबको २ वर्षभित्र बागमती, विष्णुमती लगायतलाई ढल मुक्त गर्ने घोषणा गरिएको छ ।

कृषि तथा ग्रामिण सडक सञ्जाल निर्माण गर्नको लागि १५ अर्ब विनियोजन भएको छ । तीन वर्षभित्र ग्रामिण विद्युतीकरण गरिसक्ने गरी ३ अर्ब विनियोजन गरिएको छ । बजेट भाषण जारी छ । हामीसँगै रहनुहोला ।