१ कार्तिक २०८३, शनिबार

सहरमा वेश्यावृत्तिलाई मान्यता दिनुपर्ने महिला नेत्रीहरुको माग, प्रधानमन्त्रीलाई लेखे चिठ्ठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suman-dahiyaकाठमाडौं, २९ असार । देशमा वेश्यावृत्तिलाई कानूनी मान्यता दिन महिना नेत्रीहरुले माग गरेका छन् ।

मानव जीवनमा गाँस बास कपास जस्तै यौन पनि अत्यावश्यक बस्तु भएकाले त्यसको उपभोगबाट वञ्चित भएका नागरिकलाई अधिकार प्राप्त हुने भन्दै सहरबजारमा वेश्यावृति अर्थात यौनव्यापार गर्न पाउने गरी कानुनी मान्यता दिन उनीहरुले माग गरेका हुन् ।

हरियाणा महिला आयोगकी उपाध्यक्ष सुमन दहियाले वेश्यावृतिलाई मान्यता दिन माग राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेलेकी छिन् । सूमनले आफ्नो मांगलाई जोरदार तरिकाबाट उठाउँदै प्रधानमन्त्रीसँगै हरियाणाका राज्यपाल कप्तान सिंह सोलंकी, सीएम मनोहर लाल खट्टर र राष्ट्रीय महिला आयोग की अध्यक्षलाई पनि चिट्ठी लेखेकी छिन् । सूमनले सबैलाई चिठ्ी लेखेर कानूनी रुपमा वैधानिक बनाउन गुहारेकी हुन् ।

सुमनको पत्रमा महिलाहरुसँग हुने बलात्कार र पुलिसको यातनाका बारेमा पनि कुरा उठाइएको छ । प्रधानमन्त्रीलाई पठाइएको पत्रमा देशमा वेश्यावृत्ति बढेको भन्दै, यसले पहिलाभन्दा कयौं महिला र युवतीको जीवन बर्बाद गरेको उल्लेख गरिएको छ । साथै उक्त कार्यलाई कानुनी वैद्यता दिएर सम्मानपूर्वक बाँच्ने गरी इज्जत र पारिश्रमिक तोक्न पनि माग गरेकी छिन् ।

पेसाले अधिवक्ता समेत रहेकी सूमनले महिला नेत्रीको सहयोगमा यस्तो कदम उठाएकी हुन् । उनको पत्रमा वेश्यावृत्तिमा केही समुहले युवतीलाई जबरजस्ती बाध्य बनाएर धर्म परिवर्तन गरी अरब देशहरुमा वेश्यावृत्तिका लागि लैजाने प्रवृति बढको उल्लेख गरिएको छ । यस्तो भयावह हालतबाट बच्न तथा हाम्रा चेलीबेटीलाई अरब देशमा नारकीय जीवनबाट बचाउन सरकारले देशमै वेश्यावृत्ति कानूनलाई मान्यता दिनुपर्छ ।

अनौठो कुरा के छ भने हरियाणामा महिलाहरुको अधिकारका लागि काम गर्दै आएको महिला आयोगकी उपाध्यक्ष सुमन दहिया धेरै समय पहिलेदेखि वेश्यावृत्तिलाई वैध बनाउन माग गर्दै आइरहेकी थिईन् । उनको यो कदममा भारतीय जनता पार्टी, कांग्रेस आईका नेत्रीहरुले साथ दिएका छन् । एजेन्सी