२० कार्तिक २०८३, शुक्रबार

कोशी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koshiसुनसरी, २९ असार । सुनसरीको प्रकाशपुर-५ स्थित कोशी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् ।

नदीमा तैरिरहेको डुंगामा ५ महिलासहित १६ जना सवार थिए । नदीमा तैरिरहेका बेला एक्कासी आएको भेलले डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार डुंगा नदी पारीको श्रीलंका टापु नामको गाउँतिर जादै थियो । डुबेको डुंगा खोज्न कोशी वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना, आरक्षका कर्मचारी र प्रहरी जुटेका छन् ।