१ कार्तिक २०८३, शनिबार

कोरियामा फेरि अर्का नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gandi-raj-khatiwada– सज्जनकुमार सिंह

सोल, २९ असार । पोखराका भविश्वर गुरुङको मृत्यु भएको एक हप्ता नबित्दै दक्षिण कोरियामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । मोरङ हात्तिमुडाका गान्धीराज खतिवडाको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको हो ।

चार वर्ष अघि इपिएस प्रणाली मार्फत‘ कोरिया आएका खतिवडाको कम्पनीमा काम गर्दै गर्दा माथिबाट खसेको फलामले थिचेर सोमबार दिउसो मृत्यु भएको कोरियाका लागि नपाली राजदूतावासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिए । मृतक खतिवडा हवासङको एक फलाम कम्पनीमा कार्यरत थिए ।

मृतक खतिवडाको शवको पोष्टमार्टम भइरहेको छ । नेपालमा रहेको परिवारलाई पत्र मार्फत मृत्युको जानकारी दिएको श्रम सहचारी गुरुङले बताए । मृतकका परिवारले पत्र मार्फत पहल गरे एक साता भित्र शव पठाउन सकिने दुतावासले जनाएको छ ।

कोरियामा पछिल्लो समय आत्महत्या, स्वास्थ्य समस्या र दुर्घटनाको कारण धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।