१४ कार्तिक २०८३, शनिबार

सरकार स्थायी संरचना हो भनेर आभाष दिन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्यो : सञ्चारमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार स्थायी संरचना हो भनेर आभाष दिन नसक्दा नेपालको व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध’ छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश र संघमा नेतृत्व परिवर्तन हुँदा योजना नै परिवर्तन गर्नाले सरकार स्थायी संरचना भन्ने आभास नहुने बताएका हुन् ।

उनले भने, ‘योजना बनाउँदा अगाडिको सरकारको योजना फालिहाल्ने होइन त्यसलाई निरन्तता दिनेगरी आफ्नो पाला के थप्ने हो थपी परिपार्जन गर्ने हो । सरकार एउटा स्थायी संरचनाहो भनिपुष्टि गर्नुपर्छ । सरकार स्थायी संरचना हो यहाँ व्यक्ति पो परिवर्तन हुन्छ, नेता, नेतृत्वमात्र परिवर्तन हुन्छ भन्ने आभास नलिएर नै नेपालको व्यवस्थामाथि प्रश्न उठिरहेको छ । माथी संघमा पनि त्यही समस्या छ ।’

उनले प्रदेश सरकारले निश्चित लक्ष्य लिएर काम गर्नुपर्नेमा जोड दिए । यसका साथै उनले संघीयता कार्यान्वयनको प्रभावकारिताको लागि अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गनुपर्ने धारणा राखेका छन् ।

‘हाम्रो पहिला चाहीं संघीयता कार्यान्वयनको लागि प्रभावकारी भमिका खेल्नुपर्ने के छ भने अन्तरप्रदेश परिषद्लाई व्यवस्थित गरौं । यसलाई कानून सम्मत गरौ । कानून बनाई व्यवस्थित गरौं । जनशक्तिको व्यवस्थापन गरौँ । मुख्यमन्त्री नहुँदा सिधै अन्तरप्रदेश परिषदको सचिवालयमा गएर आफ्नो समस्या भन्न तलका प्रमुखले त्यहीँ गएर भन्नुपर्छ,’उनले थप भने ।

साथै उनले संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नको लागि अन्तरसरकारी समन्वय र त्यसलाई व्यवस्थापन गर्ने ऐनको जरुरी भएको पनि स्पष्ट पारेका छन् ।