काठमाडौं, २७ जेठ । यसपटकको संविधानसभामा राजनीतिमा त्याग गर्ने भन्दा पैसाको प्रभावमा डनदेखि नेताका गर्लफ्रेन्डसम्म सभासद् भए । संविधानसभामा मात्र होइन पैसाकै प्रभावमा एक डिस्को सञ्चालक सुशील कोइरालाको क्याबिनेटमा मन्त्री समेत भएको खुलेको छ ।
श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री टेकबहादुर गुरुङ मेनपावर सञ्चालक मात्र नभई डिस्कोको मालिक समेत हुन् । उनको ठमेलमा डन दीपक मनाङेस“गको पार्टनरमा ओएमजी नामक डिस्को चलाउ“दै आएका छन् । सुरुमा मनाङेले नै चलाउदै आएको डिस्को पछि मन्त्री गुरुङले पनि शेयर लिएका हुन् । सो डिस्कोमाथि मनाङको नियोन पव पनि छ ।
मन्त्री भएपछि उनको डान्सबारमा प्रहरीले समेत हत्तपत्त छापा हान्न सक्दैन । राती १२ बजेसम्म मात्र रात्रीकालिन व्यवसाय संचालन गर्ने काठमाडौं जिल्ला सुरक्षा समितिको निर्णय भएपनि बिहान तीन बजेसम्म उनको डान्सबार संचालन हुने गरेको छ । कहिलेकाही बन्द गराउन जादा कर्मचारीहरूले मन्त्रीको धाक दिने गरेको सोह्रखुट्टे वृत्तका एक प्रहरीले बताए ।
डिस्कोको व्यवस्थापन भने मन्त्री गुरुङका छोरा कर्माले सम्हाल्दै आएका छन् । उनको हिमाल मेनपावर पनि छ । पछिल्लो समय मन्त्री गुरुङकी छोरीले मेनेपावर हेर्ने गर्दछिन् । पैसाकै बलमा उनी मन्त्री बनको कांग्रेस नेताहरू बताउछन् । शेरबहादुर देउवापन्ती आरजु देउवाको लबिङमा उनी मन्त्री भएका हुन् । मेनपावर क्षेत्रकै व्यक्ति भएपनि उनले आफ्नो क्षेत्रका लागि कुनै राम्रो काम गर्न सकेका छैनन् ।














प्रतिक्रिया