
काठमाडौं, २८ चैत । हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८५ रनको योगफल तयार पार्न सफल भएको हो ।
कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाए । दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे ।
नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एकएक विकेट लिएका थिए ।















प्रतिक्रिया