४ कार्तिक २०८३, बुधबार

सभासद जनताको ढोकामा, एमाओवादी अध्यक्ष दाहाल भारतको शरणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)काठमाडौं, २९ असार । संविधानबारे नागरिकसँग सुझाव लिन सभासद्हरू निर्वाचन क्षेत्रमा खटिइरहेका बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार एक साताका लागि भारत भ्रमणमा निस्कदैछन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला दाहालले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग संविधानका विषयबारे पनि छलफल गर्ने समाचार कानितपुर दैनिकले छापेको छ ।

अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्नेछन् । त्यहाँ उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटघाट र छलफल गर्नेछन् ।

एसडी मुनी, आनन्दस्वरुप बर्मा लगायत भारतीय बुद्धिजिवीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमम रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिए ।