३० आश्विन २०८३, शुक्रबार

दुई हात जोड्दै रविले भने, ‘मेरो भागको खुसी नि तिमीलाई मिलोस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabi– सन्दिप भट्ट

चितवन । रंगपत्रकार रवि अधिकारीको शष्दमा रहेको “मेरो भागको खुसी” यतिवेला सार्वजनिक भएको छ ।

चितवनमा बसेर रंगपत्रकारीता गर्ने अधिकारीको शष्दमा रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । चितवन, काठमान्डौं तथा दामन लगायतका स्थानमा छायांकन गरीएको गीत युटुवमा सार्वजनिक भएको हो ।

rabiशोभित बस्नेतले निर्देशन गरेको गीतमा रवि अधिकारी, सुजना ढकाल र विक्रम कडेलले अभिनय गरेको छ । छोटो समयमा चर्चा कमाएका युवा संगीतकार टंक बुढाथोकीको संगीत रहेको सो गीतमा उनकै स्वर रहेको छ ।

थुप्रै चलचित्रको छायांकन गरिसकेका कृष्ण श्रेष्ठले यो म्युजिक भिडियोलाई खिचेका हुन् । करिब एक दशक चलचित्र पत्रकारितामा कलम चलाएका अधिकारीले यस अघि केहि म्युजिक भिडियो र नागरिक नामक चलचित्रमा अभिनय गरिसकेका छन्, हाल उनले नमस्तेफिल्मी डटकम अनलाइन पत्रिका र अनलाइन रेडियो संचालनमा गरिरहेका छन्, त्यस्तै सुजना ढकाल पनि थुप्रै म्युजिक भिडियो, प्रेमी र आवारा नामक चलचित्रमा अभिनय गरिसकेकी मोडल हुन्, उनी पछिल्लो समयकी व्यस्त मोडल हुन् ।

https://www.youtube.com/watch?v=LhosnCd3F4Y