३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै नेपालको कमजोर प्रदर्शन, पुग्ला त विश्वकपमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricketकाठमाडौं, २८ असार । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै कमजोर प्रदर्शन गरेको छ ।

सोमबार राति भएको खेलमा नेपाल १४.३ ओभरमा ५३ रन बनाएर सबै विकेट गुमाएको नेपालले टी–टुवान्टी विश्व क्रिकेटको इतिहासमै सबैभन्दा कमजोर प्रदर्शन गरेको हो । जून न आम नेपाली जनाले सोचेका थिए, न आइसीसीले ।

यो खेलमा नेपालको सबैभन्दा खराब प्रदर्शन हो । यसअघिका खेलमा सम्मानजनक प्रदर्शन गरेको नेपालले आयरल्याण्डसँगको आजको खेलमा तथा टी–२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यूनस्तरको स्कोर बनाएको हो ।

सबैभन्दा न्यून स्कोरको रेकर्ड नेदरल्याण्डको नाममा रहेको छ । गएको विश्वकपमा श्रीलंकाविरुद्ध खेलमा ३९ रन बनाएर नेदरल्याण्डले विश्वमै सबैभन्दा न्यून स्कोरको बनाएको थियो ।

यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो । यसअघि अनौपचारिक रुपमा भएको अभ्यास खेलमा पनि नेपाल आयरल्याण्डसँग पराजित भएको थियो । तर, स्कोर सम्मानजनक थियो ।

आजको खेलमा नेपालले आफ्नो प्रदर्शनलाई मध्यमस्तरको पनि बनाउन सकेन् । नेपाललाई आज व्याटिङले साथ दिएन् । यदि पहिला बलिङ गर्ने अवसर पाएको भए नेपालको प्रदर्शन सम्मानजनक हुने थियो । तर तुलनात्मक रुपमा व्याटिङमा कमजोर मानिएको नेपालले सुरुमै व्याटिङको निम्तो पाएकाले न्यून स्तरको स्कोर बनायो ।

दोस्रो कारण आयरल्याण्ड बोलियो टीम थियो । आजको खेलमा कमजोर प्रदर्शन गरेपनि आगामी खेलमा सुधार गरे विश्वकपको यात्रामा नेपाल पुग्ने सम्भावना छ । तसर्थ नेपालले आजको कमजोर प्रदर्शनमा समिक्षा गर्दै आगामी म्याचमा बलिङ र व्याटिङलाई सुधार गरी अगाडि बढ्नुपर्छ ।

यो पनि पढ्नुहोस् ।

आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमा समेटियो