काठमाडौं, २८ असार । टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ६ ओभरको खेलमा ३ विकेट गुमाएर मात्र २८ रन बनाएको छ । यो समाचार तयार पार्दासम्म नेपालका अनिल मण्डल, प्रदीप ऐरी र सागर पुन आउट भएका छन् । अनिलले ९ बलमा मात्र २ रन बनाए । प्रदीप एक बल शून्य र सागरले १८ बलमा २० रन बनाएका छन् ।
अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल छन् । नेपालको जित हार यी दुबैको हातमा छ ।















प्रतिक्रिया