३० आश्विन २०८३, शुक्रबार

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, ६० दिनभित्र चुनाव गर्नुपर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ । छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रस्तावलाई समर्थन गरेको हो ।

अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएका थिए । फैसला आठ न्यायाधीशको सर्वसम्मत निर्णय भएको बताएका थिए । कानून अनुसार, फैसला पढेर लागू भएको र अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ ।

उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्ने बाध्यतामा बाँधिएको छ । राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए । तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् ।

उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो । एजेन्सी