
काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ महानगरभित्र प्रवेश गरेका छन् ।
उनलाई महानगरपालिकाका कर्मचारीले सुरक्षा घेरा तोड्दै कार्यालयमा प्रवेश गराएका हुन् । निलम्बित गुरागाईँलाई आज कार्यालय आउने जानकारी पाएपछि मेयर बालेन्द्र साहले नगरप्रहरी खटाएका थिए । तर हजारौँ कर्मचारीको अगाडि नगरप्रहरीको केही लागेन ।
प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधहरूले स्वागत गरेका थिए । तर प्रहरीले कार्यालयको ढोकामा पुगेर गुरागाईँलाई रोकेको थियो । कर्मचारीले ताला लगाइएको ढोका फोड्न लाग्दा प्रहरीले छेकेको हो । ताला फुटाउने क्रममा कार्यकक्षको ढोकाको सिसा फुटेको छ ।
१२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको पाइएपछि मेयर बालेन शाहले गुरागाईँलाई निलम्बन गरेका थिए । तर सरकारले गुरागाईँलाई नै हाजिर गराउन पटक पटक निर्देशन दिँदै अर्को प्रशासकीय अधिकृत पठाउन मानिरहेको थिएन ।
बालेनले गत पुस २४ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका निम्ति अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दै पत्र पनि पठाएका थिए ।












प्रतिक्रिया