
काठमाडौं, २० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् ।
पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले घटनाको जिम्मा शाहले नै लिनुपर्ने बताएका हुन् । ज्ञानेन्द्रले नै दुर्गा प्रसाईँलाई कमाण्डर तोकेकाले प्रसाईले जे गरे ज्ञानेन्द्रकै निर्देशनमा गरेका स्पष्ट पारे ।
पोखरेलले भने, ‘दुई जना युवाको ज्यान गयो। यसको कमान्डर दुर्गा प्रसाईं थिए । ज्ञानेन्द्रले नै निर्मल निर्वास बोलाएर प्रसाईंलाई कमान्डर तोकेका हुन्। त्यसकारण त्यहाँ प्रसाईं र अरुले जे गरे पनि त्यो ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको हो। राप्रपाको पनि होइन।’
बंगलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम छरेर प्रसाईंलाई परिचालन गरिएको उनको भनाइ छ । ‘बंगलादेशमा जस्तै लुटपाट गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम राखियो। दुर्गा प्रसाईंलाई परिचालन गरियो,’ उनले भने।












प्रतिक्रिया