
काठमाडौं, १९ चैत । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीले नयाँ नेतृत्व चयन गरेको छ ।
आज सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षतमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा नारायणदास हमाल चयन भएका छन् ।
यसैगरी, उपाध्यक्षहरूमा शंकर थापा, शिव प्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने, आकाश पटेल, महिला उपाध्यक्षमा राधिका ऐर हमाल चयन भए भने कोषाध्यक्षमा चन्द्रमान डंगोललाई चयन भए ।
महासचिवमा अनिल कुमार रिजाल चयन भएका छन् । यस्तै उपमहासचिवहरुमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ, प्रविण के.सी, महिला उपमहासचिवमा रजुला जोशी, निर्वाचित भएका हुन् ।
अधिवेशनबाट सचिवहरुमा विवेक अर्याल, कैलास बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत खनाल, महिला सचिवमा रेश्मा केसी चयन भएका छन् । महाधिवेशन हिजो (सोमबार) सुरू भएर आज (मंगलबार) नयाँ बानेश्वर थापा गाउँमा सम्पन्न भएको हो ।
महाधिवेशनको पूर्वप्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । महाधिवेशनमा ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरुबाट गरी ४ सय ४२ जना प्रतिनिधी सहभागी रहेका थिए ।














प्रतिक्रिया