१४ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा बैठकमा तनाव, दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सत्तापक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।
संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे ।

तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको छ । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको मागसहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्ती लगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् ।