
काठमाडौं, १७ चैत । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बोकेर निर्मल निवास पुगेको महानगरको टोलीलाई प्रवेश गर्ने नदिएपछि टोली एत्तिकै फर्किएको छ ।
शाहले महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका हुन् । पत्र बुझ्न अस्वीकार गर्दै भित्र प्रवेश गर्न नदिएपछि टोली फर्किएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।
अब हुलाकमार्फत् जरिवानाको पत्र पठाइने बताइएको छ । शुक्रबारको राजावादीको हिंसात्मक प्रदर्शनपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।












प्रतिक्रिया