काठमाडौं, २८ असार । संसदीय दलको नेता निर्वाचित भएको डेढ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको सचेतकमा पोलिटब्युरो सदस्य समेत हेका सभासद् गोकुल घर्ती मगरलाई नियुक्त गरेका छन् ।
यसअघि सचेतकमा श्रीमाया थकालीको नाम चर्चामा थियो । सचेतक नियुक्त भए पनि हालसम्म उपनेता भने चयन हुन सकेको छैन । नेतामा जस्तै उपनेतामा पनि चुनाव हुनुपर्ने माग माधव नेपाल पक्षधर सभासद्हरुले राखेका छन् ।
उपनेताका लागि माधव नेपाल पक्षबाट राजेन्द्र पाण्डेले दाबी गरेका छन् । त्यसो त सुरेन्द्र पाण्डेको नाम पनि नेपाल पक्षले उपनेतामा लिएको थियो । आजको साँघु साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया