१ कार्तिक २०८३, शनिबार

नेपाल र आयोजक आयरल्यान्डको भीडन्त आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-team

काठमाडौँ, २८ असार । विश्वकप टी-ट्वान्टी छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज आयोजक आयरल्यान्डको समाना गर्दैछ ।

आयरल्यान्डको बेलफास्टमा हुने प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार आज बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो ।

आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो ।

नेपालले जारी प्रतियोगितामा एक खेलमा जित तथा एक खेल बराबरी खेलको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नामिबियासँग बराबरी खेलेको थियो । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र नामिबियाले अङ्क बाँडेका थिए । नेपालले जारी प्रतियोगितामा तीन अङ्क जोडेको छ ।

शीर्ष स्थान रहेको नेपाललाई आयरल्याण्डले हिजोको खेलमा अमेरिकालाई पराजित गरी पछाडि पारेको थियो । समुह तालिकामा नेपाल शीर्षबाट दोस्रो स्थानमा झरेको छ । फेरि शीर्ष स्थानमा उक्लिन नेपाललाई आज खेल जित्नैपर्ने दबाब छ ।

समूह ए मा रहेको नेपालले समूह चरणका खेलमा अब आयरल्यान्डसँगै हङकङ, पपुवान्युगिनी र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।