काठमाडौं, २८ असार । बजार अनुगमनले घरिघरि निक्कै चर्चा पाउँछ ।
चर्को हल्लाखल्लाबीच जस लिने होडबाजी, आलोचना प्रशंसाको सिलसिला पनि मज्जाले चल्छ– वाणिज्य विभागका अधिकारी र उपभोक्ता अधिकारकर्मीबीचको ।
तर, यसको भित्री खेल अर्कै हुने गरेको रहस्योद्घाटन वाणिज्य विभाग स्रोतले नै गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
स्रोतका अनुसार केही उपभोक्ता अधिकारकर्मी पहिले नै गएर व्यपारी, व्यवसायीलाई धम्क्याउँछन् ।
मागेको दाम पाए चुपचाप बस्छन् । नपाए विभागलाई अनुगमन गर्न उक्साउँछन् ।
व्यापारीबाट चित्त बुझने गरी पैसा पाए अनुगमन रोक्न उनीहरु नै लविङ गर्छन ।
यतिमात्रै होइन, अनुगमन गर्दा कैफियत भेटिएको ठाउँमा विभाग कर्मचारी र व्यापारीबीचको कुरा मिलाउने काम अधिकारकर्मीहरुले नै गर्छन् ।















प्रतिक्रिया