४ कार्तिक २०८३, बुधबार

दिदी र बहिनी बलात्कार गर्ने वृद्धाले यसरी दिन्छन् मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-crimeकाभ्रे, २८ असार । दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कारपछि स्थानीयले मिलापत्र गरे पनि बालिकाको मानसिक सन्तुलन गुमेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।

बालिकाकी १३ वर्षीया जेठी दिदीलाई सोमबहादुरले केही दिन अघिदेखि नै १ सय रुपैयाँ दिन्छु आफूसँग सुत्न आऊ भन्दै फकाउँदै नमानेपछि साइली बहिनीलाई दिउँसो पानी लिन गएको समय पारी पानी ट्यांकीको माथि जंगलमा स्याउला काटेर ओछ्याएर बलात्कार गरेका थिए ।

बलात्कार गर्नुअघि बृद्ध राईले महिनौंअघि देखि उक्त परिवारका तीनै दिदीबहिनीलाई दुव्र्यवहार गर्दै शरीरका संवेदनशील अंगहरुमा खेलाउँदै आएका थिए ।

‘दलितहरु पैसामा फकिन्छन् भन्ठानेर वृद्धले पटकपटक दलित बालिकाहरुलाई बलात्कारको प्रयास गरेको देखियो’, स्थानीय केशव लुँवार विकले भने, ‘गाउँमै मिलापत्र गरेको लामो समयपछि पनि बालिका बिरामी भएपछि मात्रै वृद्धले बलात्कार गरेको रहस्य खुलेको हो ।’

असार १ गते दिउँसो भएको घटनालाई सबै स्थानीयहरुले डर धम्कीका भरमा ढाकछोप गरेका थिए ।

बलात्कारको घटना मिलापत्र भएको सात दिन नपुग्दै बालिकाले मानसिक सन्तुलन गुमाइन् ।