काठमाडौं, २८ असार । सरकारले सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ ।
सशस्त्रले ३ साताअघि पेस्तोलसहित फत्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका सुरक्षा संगठनबीच मनमुटाव चर्किएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सशस्त्रले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो ।
दुई संगठनबीच बल्झेको विवाद साम्य पार्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।















प्रतिक्रिया