सुर्खेत, २७ जेठ । सुर्खेतको उत्तरपूर्वी क्षेत्रमा पर्ने रानीबास गाविसमा बौलाहा कुकुरको बिगबिगी बढेको छ ।
रानीबास–२ तल्लो रहकुलमा केही दिनदेखि बौलाहा कुकुरले मान्छे र पशुचौपायालाई टोक्ने गरेको स्थानीय शिक्षक प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । बौलाहा कुकुरले टोकेर घाइते भएका स्थानीय चन्द्रबहादुर खड्काका छोरा कमल खड्का र अर्का बालक कर्णबहादुर बुढालाई उपचारका लागि आग्रगाउँमा रहेको मेडिकलमा पुर्याइएको छ ।
बौलाहा कुकुरको टोकाइबाट तल्लो रहकुलमा अहिलेसम्म भैँसी र गाई गरी छ वटा पशुचौपाया मरिसकेको शिक्षक बुढाले जानकारी दिनुभयो । गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मीको टोली पुग्न सकेको छैन । गाउँमा दिनदिनै बौलाहा कुकुरले आतङ्क मच्चाएपछि गाउँले त्रसित भएको उहाँले बताउनुभयो ।















प्रतिक्रिया