
झापा, १४ चैत । नेकपा (एमाले) ले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ ।
जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिएका छन् ।
आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए ।
जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गरेका छन् ।
उनले एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने स्पष्ट पारे । बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ ।












प्रतिक्रिया