
काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरू सरकारविरूद्व झुट फैलाउन सक्रिय रहेका बताएका छन् ।
आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार वा आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ भनेर लागेका बताएका हुन् ।
‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ। केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन्। त्यो स्वभाविक पनि हो । बिरोधीहरु लाग्छन्,’ उनले भने, ‘यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो। तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ। त्यस्ता कुरामा म धेरै अल्मलिन चाहन्न।’








प्रतिक्रिया