२९ आश्विन २०८३, बिहिबार

ड्युटीमा रहेका प्रहरी हवल्दारको टाटामोबाइलको ठक्करबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

भक्तपुर, २७ जेठ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा५च ८९०२ नम्बरको टाटामोबाइलले छ लेन सडकमा ड्युटीमा रहेका एक प्रहरीलाई सोमबार साँझ ठक्कर दिँदा निजको ज्यान गएको छ ।

साँझ करिब ७ बजे टाटामोबाइलले थिमि नगरपालिका–१४ चारदोबाटोमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुमार बुढाथोकीलाई ठक्कर दिँदा उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।

प्रहरीले टाटामोबाइलका चालक भक्तपुर दुवाकोटका वर्ष १९ का विकास श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । तीव्र गतिमा आएको टाटामोबाइल प्रहरीलाई ठक्कर दिएपछि जताबाट आएको त्यतै फर्किएको थियो ।