३० आश्विन २०८३, शुक्रबार

चलचित्र ‘होस्टेल रिटर्न्स’ युनिट पाल्पामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

group photo

– सुशिल नेपाल

पाल्पा । चलचित्र ‘होस्टेल रिटन्र्स’ युनिट प्रमोशनका लागि पाल्पा आएको छ ।

चलचित्रका निर्माता तथा कलाकार सुनिल रावल, निर्देशक सुरज भुषाल, कलाकारहरु सुशिल सिटौला, अभय बराल लगायतको टोली पाल्पा आएको हो । इन्जिनियरिङ विषय पढने विद्यार्थीहरुको कथामा निर्माण भएको चलचित्र भदौ ४ मा प्रदर्शन हुँदैछ । प्रदर्शन मिति नजिँकिँदै गर्दा चलचित्र युनिट तिव्र प्रचारप्रसारमा समेत लागेको छ । प्रमोशनका लागि पोखरा हुँदै पाल्पाको तानसेन आएको टोलीले चलचित्र निकै राम्रो बनेकाले दर्शकले मन पराईदिने कुरामा आफूहरु ठुक्क रहेको बताए ।

film posterप्रमोशनका लागि पाल्पा आउँदा आफूहरुलाई निकै रमाईलो लागेको निर्माता तथा कलाकार सुनिल रावलले बताए । उनले भने ‘पाल्पा आएको थिएन, पहिलोपटक पाल्पा आएर यहाँका रमणीय स्थान घुम्न पाउँदा एकदमै रमाईलो लाग्यो ।’ निर्देशक भुषाल पनि दर्शकले चलचित्रलाई माया गर्नेमा विश्वस्त छन् । कलाकार सुशिल सिटौला र अभय बरालले आफूहरुले चलचित्रमा निकै मेहनतका साथ काम गरेकाले आफूहरुको अभिनयलाई दर्शकले माया गरिदिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

चलचित्रमा सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल लगायतको प्रमुख भुमिका रहेको छ । चलचित्र भदौ ४ मा प्रदर्शनमा आउँदैछ । यसअघि ‘होस्टेल’ र ‘सायद’ जस्ता सफल चलचित्र निर्माण गरेका रावलको यो तेस्रो चलचित्र हो । युनिटले ऐतिहासिक पाल्पा दरबार, श्रिनगर लगायतका रमणिय स्थानको अवलोकन समेत गरेको थियो ।