१ कार्तिक २०८३, शनिबार

कार्यक्रम स्थलमै प्रधानमन्त्रीमाथि ढुङ्गा प्रहार, टाउकोमा सामान्य चोट लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priminister-attrackकाठमाडौं, २७ असार । सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्रीमाथि आक्रमण भएको छ ।

बोस्नियाको स्रेब्रेनिका शहरमा रहेको स्मारकमा उपस्थित जनतालाई सम्बोधनका क्रममा सर्बियाका प्रधानमन्त्री अलेक्जेन्डर भूचिचमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा परी प्रधानमन्त्री भूचिच सामान्य घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको अधिकारीहरुले जनाएका छन् । २० वर्ष पहिले सर्व सैनिक आक्रमणमा मारिएकाहरुको स्मरणमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

जहाँ प्रधानमन्त्री भूचिच प्रमुख अतिथि थिए । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिंटन विशिष्ट अतिथि थिए । जब प्रधानमन्त्री बोल्न थाले तब उपस्थित सहभागिले ढुंगा हान्न सुरु गरे । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सैनिक आक्रमणलाई नरसंहार नभनी भीषण अपराध भन्नुपर्ने धारणा सार्वजनिक गरेपछि आक्रोशित स्थानीयले आक्रमण गरेका हुन् ।

प्रधानमन्त्रीलाई ढुंगा आक्रमणसँगै पानीको बोतलले समेत प्रहार भएको थियो । २० वर्ष अघि सैनिकको आक्रमणमा परी ८ हजार भन्दा बढी मुस्लिम समुदायका नागरिक मारिएका थिए ।

स्थानीय आक्रोशित भएर आक्रमण गर्न थालेपछि प्रधानमन्त्री भूचिचले आम जनतासामू आफ्नो कुराले ठेस पुर्याएको भन्दै माफी मागेका थिए । एजेन्सी