
काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसमा कोइरालाबारे विवादास्पद टिप्पणी गरेका छन् ।
बिहीबार फेसबुकमा लेख्दै मिश्रले आफ्नो टिप्पणीमा गिरिजाप्रसाद कोइरालाको राजनीतिक कार्यकाल र निर्णयहरूप्रति गम्भीर आपत्ति जनाउँदै सात बुँदामा उनको आलोचना गरेका हुन् ।
आफ्नो टिप्पणीमा मिश्रले कोइरालालाई कांग्रेसको ‘वीपीपथ’को उचाइलाई ‘जीपीपथ’मा झारेर ‘प्रचण्डपथ’मा विलय गराउने नेता भने । उनले थप आरोप लगाउँदै कोइरालाले ‘राजासँगको चरम असन्तुष्टि र रीसको आवेगमा देशको दीर्घकालीन हित मैँ घात’ गरेको आरोप लगाएका छन् ।
मिश्रका अनुसार कोइरालाले माओवादी विद्रोह चलिरहेको समयमा संसदमा ‘सांसद किनबेच, धमिजा/लाउडा काण्ड’ जस्ता घोटालाहरूमा ध्यान दिएको र ‘प्रशासन, न्यायलय, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित’ बनाएको आरोप लगाएका छन् ।
यसका साथै, मिश्रले कोइरालाको आलोचना गर्दै ‘सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता’को संज्ञा दिएका छन् ।
मिश्रले फेसबुकमा लेखेका छन्–
















प्रतिक्रिया