२१ कार्तिक २०८३, शनिबार

तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने योजना छैन : प्रधानमन्त्री

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए । ‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछि भने जान सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘माननीयज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’ भन्दै प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गरे ।