३० आश्विन २०८३, शुक्रबार

हलिउडका सुपरस्टार अभिनेता रोगर रिजको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rogar-rigकाठमाडौं । प्रसिद्ध अमेरिकी टोनी अवार्ड फिल्मी पुरस्कार विजेता प्रसिद्ध अभिनेता रोगर रिजको भौतिकरुपमा सदाको लागि बिदा हुनुभएको छ ।

एकहत्तर वर्षीय रिजको उपस्थिति आफ्ना दर्शक तथा श्रोताबीच अब केवल सम्झनामा मात्र सीमित रहने छ ।

सन् १९४४ मा जन्मिनुभएको प्रसिद्ध अभिनेता रिजले आफ्नो अभिनय यात्रा विश्वप्रसिद्ध उपन्यासकार चाल्र्स डिकेन्सको साहसिक जीवनसम्बन्धी कृति निकोलास निकलवाईबाट सुरु भएको थियो ।

उहाँ केही समयदेखि विरामी भई थलिनुभएकोले न्यूयोर्कस्थित आफ्नै निवासमा उपचारको क्रममा शनिबार निधन भएको रिजका आफन्त रिक मिरामोन्टेजले बताउनुभयो ।

रिजले रोरिजअफ रटिङघाम पात्रको रुपमा “रविनहुड मेन इन टाइट” नामक हास्य श्रृङ्खलामा गरेको अभिनयले दर्शकबीच प्रसिद्धी पाउनुभएको थियो । रासस/एएफपी