१४ कार्तिक २०८३, शनिबार

पाटन क्याम्पसको झडपमा चारजना घाइते, नेविसंघले गुण्डा लगाएर कुटपिट गरेको आरोप

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । स्ववियु निर्वाचन अन्तर्गत आज पाटन क्याम्पसमा भएको झडपमा चारजना घाइते भएका छन् ।

घाइते हुने चारै जना अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राईहुन् ।

नेपाली काँग्रेस निकट नेविसंघले निर्वाचनमा धाँधली गरेको भन्दै अनेरास्ववियु लगाएतले विरोध गरेपछि नेविसंघका नेता कार्यकर्ता कुटपिटमा उत्रिएका थिए ।

नेविसंघले गुण्डा लगाएर कुटपिट गरेको अनेरास्ववियुले बताएको छ ।