
रौतहट, ५ चैत । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तालिका अनुसार मतदान भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मतगणना गरिने कार्यतालिका छ ।
जनज्योती बहुमुखी क्याम्पस अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

जनज्योतीमा स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिवमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी र अखिल क्रान्तिकारीबाट अध्यक्षमा अजय पटेल, सचिवमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी प्रतिस्पधामा छन्, भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट अध्यक्षमा दामोदर उप्रेती, सचिवमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी र संयुक्त समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट अध्यक्षमा राजन चौधरी, सचिवमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरीले मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया