
काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता नवराज सुवेदीले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।
राजसंस्था पुनः स्थापनको माग राख्दै उनले जनआन्दोलनको घोषणा गरेका हुन् । राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष सुवेदीलाई राजजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजकको नेतृत्व तोकिएको छ ।
समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह लगायत सदस्य छन् ।




















प्रतिक्रिया