काठमाडौं, २७ असार । भूकम्पपीडितहरुले राहत नपाएर छटपटिरहेको बेला शहरी विकासमन्त्री नारायण खड्काले राज्यकोषबाट १५ करोड ५० लाख रुपैया कार्यकर्तालाई बाँडेको रहस्य खुलेको छ ।
भूकम्प गएलगत्तै त्रिपाल खरिद गर्ने क्रममा विवादमा तानिएका मन्त्री खड्काले पार्टीको आगामी महाधिवेशनमा कार्यकर्तालाई आफ्नो पक्षमा तान्नका लागि राज्य कोषबाट पैसा बाँडेको रहस्य खुलेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
मन्त्री खड्काले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विेशष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनामार्फत १ हजार ५ सय ५० वटा योजनामार्फत पैसा बाँडेको मन्त्रालय स्रोतेले बतायो ।
अझ रोचक त के छ भने ती सबै योजनाका लागि प्रत्येकलाई १्१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शहरी विकास मन्त्रायका सचिव अर्जुन कायर्क र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीको मिलेमतोमा मन्त्री खड्काले राज्य कोषको रकम कार्यकर्तालाई बाँडेको स्रोतको दावी छ ।















प्रतिक्रिया