काठमाडौं, २७ असार । संविधान निर्माण अन्तिम चरणमा पुग्दा प्रमुख दलका शीर्ष नेता पालैपालो भारत भ्रमणमा जान लागेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा साउन १२ मा भारत जान लागेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
दुवै पूर्वप्रधानमन्त्रीलाई भारत सरकारको भ्रमण निम्तो छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि दिल्ली जाने सूचीमा छन् ।
उनीहरुको भ्रमणपनि साउनभित्रै हुने स्रोतले बतायो ।















प्रतिक्रिया