१० श्रावण २०८३, आइतबार

कमल थापाले बोलाए राप्रपा नेपालको पदाधिकारी बैठक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।

‘आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत साथै भावी कार्यक्रमका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

बैठकमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान विचार र उद्देश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिने विषयमा छलफल हुने बर्तौलाले बताए ।