३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटः नेपाल आज नामिबियासँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, २६ असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपाल आज नामिबियासँग खेल्दै छ ।

आईसीसी टी-२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल आज नेपाली समय अनुसार बेलुका सात बजे नामिबियाविरुद्ध मैदानमा उत्रिन लागेको हो ।

आफ्नो पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै विश्वकप छनोट यात्रामा सुखद सुरुवात गरेको नेपालले पूर्ण तयारीका साथ आज नामिबियासँग विरुद्ध खेल्न लागेको हो । एसोसियट्स राष्ट्रहरुमा नामाबिया बोलियो टिम हो ।

तर पनि अमेरिकासँगको जितमा उच्च मनोबलका साथ नेपाल बोलियो प्रतिस्पर्धी नामिबियाविरुद्धको खेल पनि आफ्नो पक्षमा पार्ने विश्वासमा छ ।

यसअघि नामाबिया पहिलो खेलमा आइरल्याण्डसँग पराजित भएको थियो । गत वर्ष बंगलादेशमा भएको डिभिजन-२ को खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो तर, पनि समूह विजेता बन्दै डिभिजन-१ मा बढुवा भएको थियो ।

रनरेटमा पटाडी परेको नेपाल डिभिजन-१ मा पुग्न सकेन् । आजको खेलमा नामिबियालाई पराजित गर्दै नेपालले डिभिजन-१ को बदला पनि लिनेछ ।