एजेन्सी । स्मार्टफोनमा गेमका निर्माता हुन्, उनी । फोब्र्स पत्रिकाका अनुसार यो वर्षको जुलाई १० सम्म उनको कुल सम्पत्ति १ दशमलव ४४ अर्ब अमेरिकी डलर रहेको छ । पत्रिकाले उनलाई अर्बपतिको सूचीमा सामेल गर्दा ताकाका उनको कुल सम्पत्ति १ दशमलव ६ अर्ब अमेरिकी डलर थियो ।
उनी हुन्, जापानी नागरिक नारुअत्सु बाबा । ३७ वर्षीय उनी २०१५ मा फोब्र्सको अर्बपति सूचीमा ११९० स्थानमा पर्न सफल भएका छन् । एक सन्तानका बुबा उनी श्रीमतीसँग पारपाचुके लिई जापानको राजधानी टोकियोमा बस्दै आएका छन् । फोब्र्सका अनुसार यो वर्ष जापानको सबैभन्दा धनाढ्य ५० जनाको सूचीमा उनी १८ औं स्थानमा छन् । गत वर्ष भने उनी १५ औं स्थानमा थिए । जीवनमा उतारचढाव उनले पनि भोगेका छन् । स्मार्टफोन गेम मेकर कालोपलका प्रमुख पनि हुन्, बाबा ।
उनको कम्पनीको भर्चुअल रियालिटी (भीआर) भर्सन ह्वाइट क्याट प्रोजेक्ट नयाँ मोबाइल गेमका लागि अति लोकप्रिय रहेको छ । विश्वका धेरै उपभोक्ताहरु यो खेलमा औधी रमाउने गरेका छन् । उनीहरुका लागि मनोरञ्जन प्रदान गर्ने प्रमुख साधन बनेको छ, बाबाको कम्पनीले ल्याएको गेम एप्स । त्यसैले त यी एप्सहरुमा प्रयोगकर्ताहरु खुबै डुब्ने गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया