४ कार्तिक २०८३, बुधबार

संस्थापन र देउवा समूहको जुहारी, कांग्रेसमा सुरू भो गाईजात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, २६ असार । कांग्रेस नेता पूर्णबहादुर खडकालाई सहमहामन्त्री भएको दुई वर्ष बित्दा पनि पार्टीभित्र आफ्नो भूमिका के हो भन्ने थाहा छैन ।

विधानमा पार्टी सभापतिले पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्था छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले थप एक वर्षसहित पाँच वर्षका कार्यकाल बिताइसक्न लागेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

तर, अहिलेसम्म उनले पदाधिकारीको कार्यविभाजन गर्न सकेका छैनन् ।

महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई आफूअनुकू काम लगाउनेबाहेक विधानले दिएको व्यवस्था प्रयोग गरी कोइरालाले कहिल्यै कार्यविभाजन गरेनन् ।

पार्टीको अति आवश्यक र महत्त्वपूर्ण कार्यसम्पादन समितिसमेत गठन भएको छैन । पार्टीका ४२ विभाग पनि कहिल्यै सक्रिय भएनन् ।

आसन्न १३औं महाधिवेशनमा पदाधिकारी संख्या बढाउन पार्टीको संस्थापन पक्षमा गृहकार्य र बहस चलिरहेका बेला देउवा पक्षबाट सहमहामन्त्री बनेका खडका प्रश्न गर्छन्, ‘भएकै पदाधिकारीले काम नपाएको अवस्थामा पदाधिकारी बढाउने विषय कति औचित्यपूर्ण हुन्छ ?’ खडका काम र जिम्मेवारीको हिसाबले कुन–कुन र कति पदाधिकारी आवश्यक छ भन्नेबारे पहिला बहस हुनुपर्ने बताउँछन् ।
कोइराला पक्षमा पदाधिकारीका आकांक्षी धेरै छन् ।

त्यसैले कोइरालापक्षीय सदस्यहरू पदाधिकारीको आवश्यकताभन्दा आफ्ना समूहका आकांक्षीहरूलाई १३औं महाधिवेशनमा व्यवस्थापन गर्नका लागि पदाधिकारीको संख्या थप गर्न लबिङ थालेका हुन् ।

पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू देउवा समूहमा भन्दा संस्थापन पक्षमा बढी देखिएकाले पदाधिकारी संख्या बढाउने योजनामा संस्थापन पक्ष लागिपरेको छ ।

देउवा पक्ष सकभर संख्या बढाउन नदिएर त्यसको फाइदा लिने दाउमा छ ।