४ कार्तिक २०८३, बुधबार

थरीथरी मन्त्रीहरूको समीक्षामा जुट्यो एमाले, मन्त्रीहरू त्रसित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(150519) -- KATHMANDU, May 19, 2015 (Xinhua) -- K. P. Sharma Oli, chairman of Nepal's second largest party CPN-UML, speaks during an exclusive interview with Xinhua at his residence in Kathmandu May 18, 2015. China has been a real help to Nepal in the disaster relief and rescue operations since the April 25 devastating earthquake and the country is looking forward to more help from China in its rehabilitation and reconstruction, K. P. Sharma Oli said on Monday. (Xinhua/Lui Siu Wai)काठमाडौं, २६ असार । पार्टीको तर्फबाट सरकारमा पठाएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रूपमै मन्त्रीहरूको समीक्षा गर्दै छ ।

मन्त्रीहरूको काम–कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्दै छ ।

मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले ‘एमालेका मन्त्रीहरू इतिहासमै धेरै विवादित भएको’ भन्दै समीक्षा गर्नुपर्ने माग गरेपछि शनिबार बस्ने बैठकको एजेन्डा बनाइएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमालेले सरकारमा १० मन्त्रालय सम्हालिरहेको छ । विवादकै कारण अहिलेसम्म चार मन्त्री फेरिएका छन् ।

तत्कालीन पर्यटनमन्त्रीद्वय भीमप्रसाद आचार्य र दीपकचन्द्र अमात्य तथा तत्कालीन उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाउँदा र नयाँ पठाउँदा संस्थागत निर्णय नभएको भन्दै पार्टीभित्र नेतृत्वको आलोचना भएको थियो ।

बैठकमा हटाइएका मन्त्रीहरूको पनि समीक्षा हुने एमालेले जनाएको छ ।

१५ दिनअघि बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अमात्यलाई हटाएर पर्यटनमन्त्री बनाइएका कृपासुर शेर्पाले छोरालाई नागरिकता नदिएको विषयमा छलफल गर्नुपर्ने अडान लिएपछि बैठकको एजेन्डा बनाइएको थियो ।

तर, पछि अध्यक्ष केपी ओलीकै पहलमा मन्त्री शेर्पाको छोराको नागरिकता विवाद सुल्झिएको थियो ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सोझा–सीधा महिलामाथि अभद्र व्यवहार गरेका तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले पार्टीभित्र र बाहिरको दबाब थेग्न नसकेपछि राजीनामा दिएका थिए । राजीनामा दिए पनि उनको विषयमा पार्टीभित्र छलफल चलाउनुपर्ने भन्दै एमाले नेतृहरूले माग गर्दै आएका छन् ।