
अमेरिका, २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनलाई सैन्य सहायता रोक्ने विषयमा आफूले अहिलेसम्म छलफल नगरेको बताएका छन् ।
ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको चर्को बहसपछि ट्रम्पले सैन्य सहायता कटौती गर्न सक्ने रिपोर्टलाई अस्वीकार गरे ।
युक्रेनलाई सैन्य सहायता रोक्ने विषयमा ट्रम्पले ह्वाइट हाउसमा भने, ‘मैले यसबारे अहिलेसम्म कुरा गरेको छैन । मेरो मतलब के हुन्छ हामी मात्र हेर्नेछौँ । अहिले धेरै कुराहरू भइरहेका छन् ।’ साथै, उनले युक्रेनलाई ३५० अर्ब डलर सहयोग गरेकोमा पूर्वराष्ट्रपति जो बाइडेनको पनि कडा आलोचना गरे ।
यसैगरी, अमेरिका र युक्रेन बीचको खनिज सम्झौताको विषयमा ट्रम्पले भने, ‘यो हाम्रो लागि ठूलो सम्झौता हो किनभने बाइडेनले धेरै मूर्खतापूर्वक एउटा देशलाई लड्नको लागि ३५० अर्ब डलर दिए । हामीले केही पाएनौँ । हामीले हाम्रो सम्पूर्ण अमेरिकी नौसेनालाई ३५० अर्बमा पुनर्निर्माण गर्न सक्थ्यौँ । हामीले जे गरिरहेका छौँ त्यो सबै फिर्ता लिँदैछौँ ।’








प्रतिक्रिया