काठमाडौं, २५ असार । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा अहिले अमेरिकाविरुद्ध खेलिरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाल अमेरिकाले दिएको १२२ रनको लक्ष्य सहित व्याटिङ गरिरहेको छ ।
लक्ष्य पुरा गर्ने क्रममा यो समाचार तयार पार्दासम्म नेपालले चार विकेट गुमाएको छ । ओपनर सागर पुन, अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पुनले व्यक्तिगत ६, मण्डलले २९, उपकप्तान मल्ले ५२ रन बनाएका छन् ।
आउट हुनेमा विनोद भण्डारी पनि थपिएका छन् । उनले ८ बलमा ७ रन मात्रै बनाए । यो समाचार तयार पार्दा नेपालले १८ ओभरको समाप्तीमा १०९ रन बनाउँदै ४ विकेट गुमाएको छ ।















प्रतिक्रिया