२ कार्तिक २०८३, सोमबार

नेपाल बैंकले बोलायो साधारण सभा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।